‘ब्याक गियर’ भएको इलेक्ट्रोनिक बाइक बनाए सागरले

अर्घाखाँची । अर्घाखाँचीमा एक युवाले व्याक गियर भएको बाइक बनाएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ पाणिनीमा बस्ने कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाएका हुन् ।

कक्षा १२ मा अध्ययनरत पोख्रेल कलेज विदा भएपछि घरमा बसेको बेला घर वरिपरि रहेका खेर जाने वस्तु तथा बजारबाट आवश्यक वस्तुको सङ्कलन गरी ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाउन सफल भएका हुन् । कसैबाट सहयोग पाएमा व्यावसायिक रूपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्न सकिने उनको भनाइ छ ।

उनले निर्माण गरेको बाइक अर्घाखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । बुटबलमा सब–ओभरसियर विषय पढ्दै गरेका सागरले निर्माण गरेको बाइकको एक औपचारिक कार्यक्रमको आयोजना गरी टुँडिखेलमा दौडाएका हुन् ।

सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, उपमेयर ठाकुरकुमार विक, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, सन्धिखर्क १ का वडाध्यक्ष युवराज बन्जाडे, १२ का वडाध्यक्ष नारायण खड्कालगायतको उपस्थितिमा बाइकको डेमो प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस