सल्यानवाट दाङ आउदै गरेको बस दुर्घटना : ८ जनाको मृत्यु


सल्यान / सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोलामा यात्रुबहाक बस दुर्घटनामा परेको हो ।

सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ खारखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै र ३ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन् ।

बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो । अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस