सशस्त्र प्रहरीका हवलदारको मोटरसाइकल दुर्घटनामा मृत्यु


दाङ, १८ कात्तिक ।
दाङमा मोटरसाईकल दुर्घटनामा शसस्त्र प्रहरीका एक हवलदारको मृत्यु भएको छ । सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुर-९ दोघरेमा कार्यरत ३५ बर्षका शसस्त्र प्रहरी हवलदार कैलाश भण्डारीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।

भण्डारीको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० चैलाहिमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । तुलसीपुर-११ घर भएका हवलदार भण्डारी घरबाट ड्युटीमा आउने क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । गएराती भएको दुर्घटनामा अरु २ जना घाईते भएका छन् ।

दुर्घटना गएराति पौने १० बजेतिर भएको र राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे भण्डारीको मृत्यु भएको उहाले बताउनुभयो ।

दुर्घटनामा घाइते हुनेहरुमा तुलसीपुर १० चैलाहिका ३६ वर्षिय लीलाधर खड्का र तुलसीपुर ११ नवलपुरका २९ वर्षिय बिमल शर्मा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस