दाङमा एक महिनाको अबधिमा ५३ जुवाडे पक्राउ



दाङ-
चाडपर्वको समयमा जुवाडे बढी सक्रिय हुने गरेका छन् । मनोरञ्जनको नाममा ठूलो धनराशी बाजी राखेर जुुवातास खेल्ने कार्य माथी दाङ प्रहरीले कडा निगरानी बढाएको छ ।

लुुकिछिपी ठूलो धनराशी बाजी राखेर जुुवा खेल्ने व्यक्तिहरु माथी प्रहरीले कडा निगरानी बढाएको हो । बिभिन्न ठाउँबाट प्रहरीले लाखौं रुपैयासहित जुवाडेलाई पक्राउ गर्न थालेको छ ।

हुदा खाने भन्दा हुने खाने व्यक्तिले लाखौं रकमको खेल खेल्ने गरेको पाईएको छ । जुवा तासको खेलले चाडपर्वमा विकृति फैलाउने र समाजमा समस्या निमत्याउने गरेको प्रहरीले जनाएको छ ।

दाङमा पछिल्लो करिब एक महिनाको अबधिमा ५३ जना जुवाडे पक्राउ परेका छन् । गते असोज ७ गतेदेखि कार्तिक १४ गतेसम्म १० लाख बढी नगदसहित ५३ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङक अनुसार गत असोज ७ गते १२ जना जुवाडे १ लाख ३५ हजार नगद र असोज २४ गते १३ जना जुवाडे २ लाख ७ हजार ३ सय रुपैयाँसहित पक्राउ परेका थिए ।

त्यसैगरी गत कार्तिक १३ गते ८ जना जुवाडे १ लाख ९८ हजार २ सयसहित पक्राउ परेका थिए । यस्तै सोमबार मात्रै २० जना जुवाडे ४ लाख ६४ हजार ८८१ रुपैयासहित पक्राउ परेका छन् ।

असोज ७ गतेदेखि हालसम्म ५३ जना जुवाडे पक्राउ पर्दा १० लाख ७१ हजार ८१ रुपैयाँ संकलन भएको प्रहरीले जनाएको छ । रमाईलोका नाममा खेलिने जुवातासले समाजमा विकृति भित्रिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस