दाङ-
कोरोना संक्रमण कम भएपछि यसवर्ष निश्चित समयभित्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार जिल्लामा यसपालीको तिहारमा राती ९ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । तर त्यसपछि भने देउसी भैलो खेल्नमा रोक लगाएको प्रशासनले जनाएको छ ।
बिहान , दिउसोको समयमा भने निर्वाधरुपमा देउसी भैलो खेल्न पाइने भएको हो । प्रशासकिय अधिकृत टंकराज गौतमले कोरोना जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर निश्चित समयभित्र देउसी भैलो खेल्न दिइने बताउनुभयो ।
प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार