जनगणनाको तयारी अन्तिम चरणमा : दाङमा ८ सय बढी गणक खटिदै


दाङ –

राष्ट्रिय जनगणनाको लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ । दाङमा जनगणनाका लागि ८ सय ४ जना गणक खटिने भएका छन् ।

शुरुमा ७ सय १६ जना गणकहरु आवश्यक पर्ने भनिएपनि बसोबास गर्ने नागरिकको संख्या बढी भएको हुँदा थप ९० जना गणक खटिन लागेको जनगणना कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरमा १२८, घोराहीमा २४५, बंगलाचुलीमा २५, दंगिशरणमा २६, बबईमा ३४, शान्तिनगरमा ३३, लमहीमा ७२ जना गणक खटिने भएका छन् । यस्तै राप्तीमा ७६ जना, गढवामा ९१ जना, राजपुरमा ३८ जना गणक खटिने भएका छन् ।

जनगणनाका लागि सुपरिवेक्षकले घर सुचिकरण गर्ने काम सकिएको छ । गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरिवेक्षकले घर सुचिकरण गर्ने काम सकिसकेका छन् । अहिलसम्म उनिहरुको २५ प्रतिशत काम सकिएको छ ।

अब गणकको कामलाई अनुगमन गर्ने, वडामा सामुदायिक प्रश्नावली भर्ने काम र अन्तिम फाइल बुझाउने काममात्र बाँकी रहेको पोखरेलले बताउनुभयो । दाङसहित देशभ यहि कार्तिक २५ गतेबाट जनगणना शुरु भएर मंसीर ९ गते सकिने छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस