
दाङ । यामाहाका लागि आधिकारिक विक्रेता एम ए डव्लु इन्टरप्राइजेजले यामाहाको नयाँ विशेषताको एफ जेड भि थ्रि कनेक्ट एक्स मोडेलको बाइक नेपालमा ल्याएको छ । मोवाइलको व्लुटुथबाट यसका गतिविधिहरु गाइडडेड हुनेगरी ल्याइएको सो मोडलको मोटरसाइकल घोराहीमा श्रेष्ठ अटोमोवाइल्सले पनि सोमबार एक औपचारिक समारोहको आयोजना गरी लन्च गरेको छ ।
श्रेष्ठ अटोमोवाइलका प्रोपाइटर राजेन्द्र श्रेष्ठको अध्यक्षता, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसि बुढाथोकीको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियशनको विशिष्ट आतिथ्यमा भएको औपचारिक लन्च कार्यक्रममा सो नयाँ मोडेल र सुविधा सहितको मोटरसाइकलका विशेषताका विषयमा शोरुमका इन्चार्ज लक्कि सलमानले जानकारी गराएका थिए । सलमानले सो वाइक अन्य वाइक भन्दा फरक विशेषता भएको भन्दै सुरक्षा तथा वातावरणका हिसावले पनि निकै उपयुक्त रहेको बताए ।

वाइकका विशेषताबारे जानकारी दिंदै शोरुम इन्चार्ज सलमानले यदि वाइक कसैले चोरी गरीहालेमा सो वाइक कहाँ छ भन्ने जानकारी मोवाइलको व्लुटुथबाटै लिन सकिने पनि बताए ।
त्यसैगरी वाइक हराएको खबर पाउनासाथ यदि वाइक चलिरहेको रहेछ भने त्यसलाई मोवाइलको एप्स प्रयोग गरी स्टार्ट बन्द गराइदिन सक्ने प्रविधि रहेको पनि सलमानले बताए । मोटरसाइकलमा जिपिएस सिस्टमलाई बढी फोकश गरिएको भन्दै दिपावलीमा यसका क्रेताहरुलाई विशेष अफर पनि लागु गरिएको बताए । शोरुमकाअनुसार हाल सो मोटरसाइकलको उपभोक्ता मुल्य ३ लाख ८४ हजार ९ सय रुपैया रहेको छ ।

आफ्नो सुरुआती दिनदेखि नै यामाहाले नेपाली वाइक पारखीहरुका लागि भन्दै एभ्रेष्टको वेशक्याम्प सम्म पुग्न सक्ने मोटरसाइकल समेत ल्याइसकेको छ । यसपटक डिजिटालइज र गतिशील पुस्तालाई यसको सुविधाहरुद्धारा धेरै लाभान्वित बनाउने लक्ष राख्दै एफजेड भिथ्रि एक्स कनेक्ट गरिएको हो । मोवाइलबाटै मोटरसाइकलको साइडलाइट लगायत अन्य लाइटलाइ पनि निर्देशन दिन सकिने बताइएको थियो ।
वाइकको औपचारिक लन्च कार्यक्रममा पत्रकार सविन प्रियशन, जेसीसका सचिव कुल वहादुर वली तथा नेश्नल लाइफ इन्स्योरेन्सका रेशम पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शोरुम इन्चार्ज लक्कि सलमानले गरेका थिए ।
बाइक लन्च लगत्तै नयाँ मोटरसाइकलहरुको र्याली पनि प्रदर्शन गरिएको थियो । शो र्यालीमा प्रमुख अतिथि टंक बुढाथोकी, पत्रकार सविन प्रियशन लगायतका वाइकपारखीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।