सोनवागढ र सुपा मन्दिरको विकासको लागि अवलोकन

कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका ३ मा रहेको सोनवागढ र सुपा मन्दिरको विकासको लागि प्रदेश पर्यटन डिभिजन कार्यालयको टोली स्थलगत अवलोकन गरेको छ ।

प्रदेश सरकार मार्फत पर्यटन पुर्वधार विकास अन्तर्गत सोनवागढको लागि २५ लाख र सुपा मन्दिर क्षेत्रको लागि २० लाख विनियोजित बजेटले विकासमा के कस्ता काम गर्न सकिन्छ भनी टोलीले अवलोकन गरेको लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डे बताउनुभयो ।

अवलोकन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सोनवागढ तथा सुपा मन्दिर धार्मिक तथा पर्यटकीय स्थल रहेकोले यसलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो । विगतका वर्ष सोनवागढलाई उत्खनन गर्दा ऐतिहासिक स्थल रहेको प्रमाणित भइसकेको उहाँले बताउनुभयो ।

सुपा मन्दिरमा अहिले पनि भक्तजन तथा वनभोज गर्न आउनेहरूको सख्या बढी रहेको व्यवस्थापन स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताउनुभयो । एकान्त ठाउँ रहेको र धार्मिक आस्थाको रूपमा रहेकोले यस ठाउँलाई संरक्षण गर्न सकेमा पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।

वडामा रहेका दुई वटै धार्मिक ऐतिहासिक क्षेत्रको विकासमा जोड दिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । सोनवागढ पुग्ने सडक विकासमा वडा तथा नगरले यसै वर्ष स्तर उन्नति गर्ने र सहज रूपमा आवतजावतको व्यवस्था गरिने सापकोटाले बताउनुभयो ।

प्रदेशले विनियोजन गरेको बजेट वाट सोनागढमा शौचालय सहित ट्रस निर्माण गर्ने र सुपा मन्दिरमा परिसरमा नयाँ मन्दिर निर्माण गरिने बताउनुभयो ।

अहिले रहेको मन्दिर सडकमा पर्ने भएको मन्दिर क्षेत्र भित्र स्थापना गरिने सापकोटाले बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डे, लेखा अधिकृत मुक्ति भट्टराई, रोशन ताम्राकार र शिवराज नगरपालिका वडा नं.३, का वडाध्यक्ष टेकलाल सापकोटा,यमलाल भुसाल,सोनवगढ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्जु थारुले लगायतको टोलीले ऐतिहासिक पर्यटकीय स्थलको अवलोकन गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस