खाद्यान्नमा आत्मनिर्भर सल्यान


सल्यान
सल्यान खाद्यान्नमा आत्मनिर्भर बन्दै गएको छ । धान, मकै, गहुँ, कोदो लगायतका खाद्यान्न उत्पादनमा वृद्धि भएसँगै सल्यान आत्मनिर्भर भएको हो ।

सल्यानमा ३ हजार ७ सय ४७ मेटिकट्न खाद्यान्न बचत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार धान १६ हजार ८ सय १६ मेटिकट्न, मकै ५८ हजार ८ सय ७४, गहुँ २१ हजार ७ सय २२, कोदो १ हजार १०, जौ २ सय ६४ गरी ९८ हजार ७ सय ३९ मेटिकट्न खाद्यान्न उत्पादन हुँदै आइरहेको छ ।

जिल्लावासीका लागि वार्षिक ५५ हजार ४ सय ९७ मेटिकट्न खाद्यान्न आवश्यक पर्ने कार्यालय प्रमुख महेश आर्चायले बताउनुुभयो । यसैविच चालु आर्थिक वर्षका लागि कार्यालयमा १६ करोडको बजेट आएको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिनुुभयो ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस