७१ बोरा अबैध सुर्ती बरामत

तुलसीपुर । आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले प्यूठान जिल्लाबाट ठूलो परिमाणमा अवैध सुर्तिजन्य पदार्थ बरामद गरेको छ । कर छलेको सामान बिक्री गरि रहेको गोप्य सूचनाका आधारमा निरीक्षणमा पुगेको टोलीले प्यूठानको सारीबाङबाट ७१ बोरा बजरंगी नामक सुर्ती बरामद गरेको आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख गोपीकृष्ण कोइरालाले बताए ।

उक्त सुर्ती कात्तिक ९ गते सारीबाङका नारायण पौडेलको पसलबाट बरामद गरिएको प्रमुख कोईरालाले जानकारी दिए । ठूलो परिमानमा कर छलिको अबैध सुर्ती बरामद भएसंगै तत्कालै पौडेललाई पनि नियन्त्रणमा लिइएको थियो ।

कार्यालय प्रमुख कोइरालाले पौडेलले अबैद्य रुपमा कर छलिका सामान ल्याएर बिक्रि बितरण गर्दै आएको गोप्य सूचनाका आधारमा अनुगनमा पुगेको टोलीले ७१ बोरा अबैध सुर्ती बरामद गरेको जानकारी दिए ।

सुर्तीमा राजस्वको स्टिकर नटाँसेको पाइएको हुँदा सामानसहित पसल धनी पौडेललाई पनि नियन्त्रणमा लिइएको बताए । नियन्त्रणमा लिइएको सामान हाल अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा राखिएको प्रमुख कोईरालाले बताए ।


‘हामीले पसल धनिसंग बयान लिने क्रम जारी छ,’ कोईरालाले भने ‘बयानका आधारमा दोषी उपर आवश्यक कानुनी कारबाहीको लागि प्रक्रिया अगाडि बढाइने छ ।’ राजश्व कार्यालय तुलसीपुरले साबिक राप्तीका पाँच जिल्लाहरुलाई कार्यक्षेत्र बनाएर यसअघि काम गर्दै आएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस