पीडित किसानहरुले ६५ प्रतिशतसम्म राहत पाउने

काठमाडौं । कात्तिक महिनामा आएको बाढी, पहिरो र वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका पीडित किसानहरुलाई सरकारले क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

त्यस्तै ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघा भन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय भएको उनले बताए ।

कात्तिक १ देखिको वर्षा, बाढी र डुवानका कारण देशका धेरै ठाउँमा पाकेको धानबाली डुवानमा परेको थियो । धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस