काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
२३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट ल्याए पनि अरु विधेयक अघि बढाएन ।
प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार