
रोल्पा-
रोल्पाको जलजलामा पुगेका पर्यटकलाई उद्धार गरिएको छ । जलजलामा घुम्न पुगेका पर्यटकलाई समस्या भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
पदमार्ग अन्तर्गत सहिद नमूना गाउँ जेलबाङ जलजलाको बेस क्याम्प ओख्रेनी छेडा हुँदै, धार्मिक स्थल जलजला ऐतिहासिक ठाँउ थबाङ आन्तरिक भ्रमणमा आएका पदयात्रा टोली प्रकृति प्रेमी समूह काठमाडौंकी ५५ वर्षीय ज्ञानुमाया श्रेष्ठलाई जलजलाबाट उद्धार गरिएको हो ।
साताव्यापी आन्तरिक भ्रमणमा पुगेका टोली प्रकृति प्रेमी समूह काठमाडौंका १५ सदस्य मध्य श्रेष्ठ पनि एक हुनुहुन्छ । जलजलामा आफ्नोे क्याम्प देखि मेश क्याम्पमा जादै गर्दा तुसारोमा खुट्टाको जुत्ता चिप्लिएर खुट्टा भाँचिएको ग्रामीण पर्यटन अभियान्ता एवं ट्रेकिङ गाइड पृथ्वी बुढामगरले जानकारी दिनुभयो ।
रोल्पाको जलजलामा तुसारोमा चिप्लिएर खुट्टा भाँचिएपछी समस्यामा रहेका आन्तरिक पर्यटकहरूलाई ट्रेकिङ गाइड र गेमी होमष्टे सुनछहरी गाउँपालिका वडा नं.७ जेलबाङका वडा अध्यक्ष तथा टीकाबहादुर बुढामगरको पहलमा उपराष्ट्रपतिका स्वकीय सचीव सुकबहादुर रोकामगरलाई उद्धारको लागि अनुरोध गरेपछि पोखराबाट एरलाइन्सको हेलिकप्टरले श्रेष्ठको उद्धार भएको बताइएको छ ।
अहिले ज्ञानुमायाको उपचार काठमाडौंमा सामान्य अवस्थामा रहेको र उहाँको खुट्टा भाँचिएको बताइएको छ । कोभिड-१९ कोरोना भाइरस पछी थलापरेको आन्तरिक पर्यटन बल्ल फस्टाउन थालेको र पदयात्राको चहलपहलमा वृद्धि भएको जनाइएको छ ।
प्रकृति प्रेमी समूह काठमाडौंको टोली प्युठानको स्वर्गद्वारी,रोल्पाको जलजला,थबाङ हुँदै लिबाङ सम्मको यात्रामा निष्किएको बताइएको छ ।