
दाङ –
दाङमा कोरोना संक्रमितको उपचार गर्दै आएका अस्पतालमा विरामी संख्या घट्दै गएको छ । राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरको कोरोना ईकाईमा विरामी छैनन् भने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीको आईसोलेशनमा अक्सिजन सहितका २ जना बिरामी मात्रै रहेका छन् ।
कुनै बेला संक्रमित धेरै भएर बेडको अभाबमा बरण्डामा राखेर उपचार गरेको कोरोना बिषेश अस्पताल तुलसीपुरमा बिरामीको संंख्या शून्यमा झरेको हो । राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरको कोरोना ईकाईमा अहिले बिरामी नभएको फोकल पर्सन दोणर् वलीले जानकारी दिनुुभएको छ ।
कोरोनाका बिरामी भेटिने क्रम घट्दै गएपछि अस्पतालहरु खाली हुन लागेका हुन् । तर जोखिम कायमै रहेको भन्दै स्वास्थ्यकर्मीहरुले सावधानी भने अपनाई राख्न सुुझाब दिदै आएका छन् ।
यसैबिच प्रमुख जिल्ला अधिकारी रामबहादुर कुुरुम्वाङले प्रादेशिक अस्पताल तुुलसीपुरमा रहेको कोरोना वार्डको निरिक्षण गर्नुभएको छ । सो क्रममा उहाँले कोरोना संक्रमण घट्दै गए पनि सतर्क र तयारी अबस्थामा रहन अस्पताल व्यवस्थापनलाई निर्देशन दिनुुभएको छ ।
यसैविच दाङमा आज कोरोनाका ४ जना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनामा गरिएको पिसिआर परिक्षणमा लमहीका २ जना, गढवा र बबईका एक एक जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।
आज घोराही र गढवाका एक एक जना महिला कोरोना मुक्त भएका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामी ३४ जना रहेको छ । उनिहरु मध्य ३२ जना घरमा र २ जना प्रतिष्ठानमा अक्सिजन सहितको उपचारमा रहेका छन् ।