
दाङ –
दाङका अधिकांश सरकारी कार्यालय, सार्वजनिक स्थल र सडक पूर्वाधार अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिहरूलाई सरकारी सेवा लिन तथा सडकमा हिँडडूल गर्न निकै सकस हुने गरेको छ ।
संघीय सरकार कार्यान्वयनको आधा दशक बितिसक्दा पनि स्थानीय तहले समेत अपांगमैत्री भवन र सडक पूर्वाधारमा खासै चासो दिन सकेका छैनन् ।
जसले गर्दा अपांगता भएकाहरुलाई बारम्बार सास्ती भोग्नु परेको छ । हिजोका दिनमा भन्दा अहिले केही प्रकृयाको थालनी गरिए जस्तो देखिए पनि त्यो केवल औपचारिकतामा मात्र सिमित हुने गरेको अपांगता भएकाहरुको अनुभव छ ।
विभिन्न कार्यालयमा सेवा लिन पुग्दा सँधै अरुको सहारा लिनु पर्ने, काममा बाधा व्यहोर्नु पर्ने जस्ता समस्या अघि आई लाग्ने गरेको उनिहरुको भनाई छ । जिल्लामा झन्डै १२ हजार जना अपांगता भएका व्यक्तिहरू रहेको तथ्यांक छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार