बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधी खुुवाइदै


दाङ-
बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको छ । हिजो खान छुटेका बालबालिकालाई आज पनि खुवाउन लागिएको हो ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ’ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई आज पनि जुकाको औषधि खुवाउन पाइने छ ।

पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ’ए’, जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय दाङले अनुरोध गरेको छ । दाङका ५८ हजार ३८ जना बालबालिकालाई यस अभियानमा सहभागि गराउने लक्ष्य राखिएको छ ।

६ महिना देखी ५ बर्ष सम्मका ५८ हजार ३८ जना बालबालिका भिटामिन ए र ५१ हजार ७१ जना १ बर्ष देखी ५ बर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य राखिएको हो ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस