सल्यान-
सल्यानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बागचौर नगरपालिका १ थारमारेका १८ बर्षिय आशिष बस्नेतको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका बस्नेतको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले प्रदेश पत्रलाई जानकारी दिनुभयो ।
थारमारेबाट तुलसीपुरतर्फ आउदै गरेको भे १ च १८९० नम्वरको डबल क्यापजिप आइतबार बिहान आठ बजेतिर कपुरकोट गाउँपालिका-३ मुलपानिमा दुर्घटना भएको हो ।
यस्तैगरी दुर्घटनामा परि अरु ७ जना घाइते भएका छन् । दुर्घटनामा जिप चालक बागचौर नगरपालिका २ बस्ने २० वर्षीय हिक्मत पुन मगर, सोहि ठाउँका १९ बर्षका अर्जुन केसी, वडा नम्वर १ बस्ने बर्ष १४ को आयुस बस्नेत , बर्ष २२ को मनोज बस्नेत, २७ कि सिता ओली, बर्ष २८ कि बबिता रावल(रेउले), उहाँकी छोरी बर्ष ११ कि एसिका रेउले घाईते भएको प्रवक्ता पौडेलले बताउनुभयो ।
घाइते मध्ये बबिता रावललाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । जिप तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।