भिटामिन ए र जुकाको औषधी खुवाइदै : दाङ र सल्यानमा करिब ८० हजारलाई खुवाउने लक्ष्य


दाङ
दाङसहित देशभर आज बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदै छ । आज र भोली राष्ट्रिय अभियानकै रुपमा भिटामिन र जुकाको औषधी खुवाउन लागिएको हो । दाङका ५८ हजार ३८ जना बालबालिकालाई यस अभियानमा सहभागि गराउने लक्ष्य राखिएको छ ।

स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य नर्स सीता कुँवरका अनुसार ६ महिना देखी ५ बर्ष सम्मका ५८ हजार ३८ जना बालबालिका भिटामिन ए र ५१ हजार ७१ जना १ बर्ष देखी ५ बर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ ।

जिल्लाभर ९ सय ३१ जना महिला स्वास्थ्य स्वयसेविकाहरुले भिटामिन ए र जुकाको औषधी खुवाउने छन् । औषधीहरु दशवटै स्थानिय तहका स्वास्थ्य शाखामा पठाईसकिएको उहाँको भनाई छ । महिला स्वास्थ्य स्वंयसेविकाहरुले टोल टोलमा केन्द्र बनाएर औषधी खुवाउने कार्यक्रम रहेको छ । उहाँले लक्षित उमेर समुहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सम्पूणर् आमाहरुलाई आग्रह गर्नुभएको छ ।

उता सल्यानमा पनि २४ हजार ५ सय ८४ बालबालिकालाई भिटामिन ए खुवाउन लागिएको छ । ६ महिनादेखि ५९ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागि स्वास्थ्य सेवा कार्यालय सल्यानका स्ुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।

सल्यानमा २१ हजार ६ सय ८९ जना बालबालिकाले जुकाको औषधि खान लागेका छन् । सल्यानमा दश स्थानीय तहमा चार सय २३ जना महिला स्वास्थ्य स्वयमसेवीकाले जुकाको औषधि र भिटामिन ए खुवाउन लागेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस