
दाङ-
दाङमा आज र भोली कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइदै छ । जिल्लाका दश वटै स्थानीय तहका पहिलेकै खोप केन्द्रबाट खोप लगाइने छ ।
खोपका लागि तयारी पूरा भएकोे कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । आज र भोली खोप कार्यक्रम सचालन हुने बिषयमा पहिलो डोज लगाउने बेलामा नै जानकारी गराइसकिएको उहाँले बताउनुभयो ।
दाङमा पहिलो मात्रा मात्र खोप लगाउने संख्या १ लाख २९ हजार ४ सय १२ रहेको छ । यि संख्या मध्ये भेरोसेलको खोस्रो मात्रा आज र भोली लगाइने छ । जिल्लामा १ लाख ५ हजार ५ सय ५२ जनाले पूणर् मात्राको खोप लगाइसकेका छन् ।
प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार