विकासका लागि आर्थिक तथा भौतिकरुपमा सहयोग गर्न तयार छौँ : वली


कपुरकोट, ४ कार्तिक ।
नेपाली कांग्रेस कपुरकोट गाउँपालिकाका सभापति यगराज वलीले गाउँको विकासका लागि आर्थिक तथा भौतिकरुपमा सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभएको छ । कपुरकोट -१ सल्यानमा भएको दहबन मेला विषेश खेलकुद तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति वलीले यस्तो बताउनुभएको हो ।

उहाँले आफु सत्ताबाहिर भएपनि स्थानीयस्तरको विकास निर्माणमा निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सभापति वलीले कपुरकोट-१ मा रहेको दहलाई संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्न सकिने बताउनुभयो । दहको संरक्षणका लागि कांग्रेसको पनि सहयोग रहने उल्लेख गर्दै उहाँले आफ्नो व्यक्तिगत सहयोग पनि रहने बताउनुभयो । त्यस अवसरमा स्थानीय कला,संस्कृतिको सरंक्षणका लागि उहाँले स्थानीय युवा क्लबलाई २० हजार सहयोग समेत गर्नुभएको छ ।

‘लोक, कला, संस्कृति र खेलकुदको संरक्षण-सभ्य र समुन्नत समाज निर्माण गर्ने हाम्रो अभियान ’भन्ने उद्देश्यका साथ दहबन मेला विषेश खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरिएको हो । सृजनशिल बहुसाँस्कृतिक युवा क्लबका अध्यक्ष धनबहादुर घर्तीको अध्यक्षता तथा गाउँपालिका महासंघ कणर्ाली प्रदेशका संयोजक भिमबहादुर सेनको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा संयोजक सेनले कला संस्कृतिको संरक्षण र खेलकुद गतिविधि संचालन नै विकासको सुचक भएको बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले कला, संस्कृतिको संरक्षण गरि पहिचान बनाउन स्थानीय सरकारले चासो दिनुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण जनचेतना प्रावि लामपोखराका प्रधानाध्यापक अमर बिकले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस