
दाङ, २ कार्तिक ।
भित्र्याउन तयारी गरिएको धानको क्षति भएकोप्रति राष्ट्रिय प्रजातन्त्र पाटी लुम्बिीनी प्रदेशले दुख व्यक्त गरेको छ । राप्रपाले लगातारको वर्षाका कारण धानबालीमा क्षति पुगेको बताउँदै कृषकलाई क्षतिपूर्ति दिन सरकारसंग माग गरेको छ ।
राप्रपाले एक विज्ञप्ती जारी गरी वर्ष दिनको कृषकको मेहनतको फल बाली भित्र्याउने बेला प्राकृतिक बिपत्तिको कारण धेरै क्षतिको पुगेकोप्रति दुख व्यक्त गरेको छ
। लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले जारी गरेको बिज्ञप्तीमा लेखिएको छ ‘नागरिकलाई दुःख पर्दा सहयोग पुर्याउनु सरकारको दायित्व हो । तसर्थ क्षतिको उचित मुल्या‘कन गरी कृषकलाई क्षतिपूर्ति दिन नेपाल सरकार संग जोडदार माग गर्दछु ।’
प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार