दाङ-
दाङसहित देशभर आज पनि वर्षाको संभावना रहेको छ । आंशिक बदली भएर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ ।
आज लुम्बिनी प्रदेश सहित कणर्ाली प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश न २ का धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार