सल्यान र सुर्खेतमा बस दुर्घटना, दुई जनाको मृत्यु

file picture


सल्यान, ३१ असोज ।
सल्यान र सुर्खेतमा शनिबार साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन् ।

दैलेखको बेस्तडाबाट सुर्खेत जाँदै गरको कणर्ाली प्रदेश ००१ ख ०१६६ नम्बरको बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा २० जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । सुर्घटनामा दैलेखको नारायण नगरपालिका ११ का युवा सुशील राउत र भगवती गाउँपालिका १ की ३४ वर्षीया शान्ता थापा आचार्यको मृत्यु भएको हो । बस गाडी साहुले चलाएको प्रहरीले जनाएको छ ।

यस्तै सल्यानको छत्रेस्वरी गाउँपालिकामा ना ४ ख ७१८९ नम्बरको मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शारदा नगरपालिका १ श्रीनगरबाट छत्रेस्वरी गाउँपालिकाको लैसे जाँदै गरेको बस छत्रेस्वरी गाउँपालिका ३ नारेमा शनिबार साँझ दुर्घटनामा परेको हो ।

अप्ठ्यारो बाटोमा सहचालकले चलाउँदा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सबैको कणर्ाली अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस