दशैँमा बन्द रहेका सरकारी कार्यालय आजदेखि खुल्दै


दाङ ३१ असोज
दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन् । गएको २६ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए ।

दशैँ मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् । दशैँ बिदा सकिएकाले आजदेखि दाङसहित मुख्य सहरमा केही चहलपहल बढ्ने छ ।

दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ । हिजो र अस्ति लगाउन नभ्याएका र टाढा-टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूणर्िमासम्म नै टीका लगाउने चलन छ ।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस