जन्मथलो गएकाहरु फर्किने क्रम शुरु


दाङ, ३० असोज ।
दशैँ मनाउन जन्मथलो गएकाहरु फर्किने क्रम शुरु भएको छ । बिजया दशमीको दिन टिका लगाएकाहरु जन्मथलोबाट फर्किन थालेका हुन् ।

दशै मनाएर फर्कनेका कारण सार्वजनिक सवारीमा चाप पनि बढेको छ । दशैँ पर्व मनाएपछि छोरी चेलिबेटी घरमा तथा पुरुषहरु कर्म थलोमा फर्कन थालेपछि सार्वजनिक सवारीमा मानिसहरुको चहलपहल बढेको हो ।

आज दशैँको पछिल्लो दिन अर्थात एकादशिको दिन पनि बजारमा निजि सवारी साधन तथा सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुको चाप निकै बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

दाङ भित्रने र बाहिरिने यात्रुको चाप बढेको सवारी चालक यादव नेपालीले बताउनुभयो । कोरोना महामारी कम भएका कारण यसवर्ष नेपालीले उल्लासमयरुपमा दशैँ पर्व मनाएका छन् ।

सामान्यतया कोजाग्रत पूणर्िमासम्म टिका लगाउने प्रचलन भएपनि सरकारले भने आजको दिनसम्ममात्रै बिदा दिएको छ । दशैको बिदा सकिएपछि भोलिबाट सरकारी कार्यालय खुल्नेछन् ।

प्रकाशित मिति : २०७८ असोज ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस