बडादशैँको आज नबौँ दिन महानवमी मनाइदै


दाङ, २८ असोज ।
बडादसैँ अन्तर्गत आज दाङसहित देशभर महानवमी मनाइदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवहान गरी घटस्थापना गरिएको जलपूणर् कलशमानवमी अर्थात् नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजा अर्चना गरिन्छ ।

प्रतिपदादेखि महानवमी सम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । कलशको जलअभिषेक गरी टीका-प्रसादलगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।

यसैबिच नेपाल पञ्चांग निणर्ायक समितिले बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते भोलि बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ ।

समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूणर्िमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । यसवर्ष कार्तिक ३ गते कोजग्रत पूणर्िमा परेको छ । विजया दशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत रहेको छ ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस