दाङ-
चाडपर्वमा हुुन सक्ने आपराधिक कार्यलाई रोक्न दाङका सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ । भारतसँग जोडिएका सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुुभयो ।
सीमाक्षेत्रमा रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीको इकाईहरुलाई चाडपर्वको मौका छोपेर हुन सक्ने कुनै पनि अपराधिक कार्यलाई रोक्न निर्देशन दिइएको उहाँको भनाई छ । दशैँ, तिहार तथा छठ पर्बलाई लक्षित गरी सुरक्षाकर्मीहरुले सीमा क्षेत्रमा विशेष निगरानी सहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।
यसैगरी, जिल्लाभर नै सुरक्षा व्यवस्थालाई कडाई गरिएको प्रहरी प्रशासनले जनाएको छ । भिडभाड हुने स्थल, आर्थिक कारोबार हुने बैंक, वित्तीय संस्था र सवारीसाधनमा प्रहरीले विशेष निगरानी बढाएको छ ।
साथै धार्मिकस्थल, भिडभाड हुने ठाउँमा पाकेटमार तथा अन्य अपराध हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।