बडादशैँको आज आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिदै

बडादशैँको आज आठौँ दिन


दाङ, २७ असोज ।
बडादशैँको आज आठौं दिन शक्तिरुपा नवदुर्गाका नौवटा रुपमध्ये आज महागौरी देवीको पूजा आराधना गरिदै छ ।

महागौरीको पूजा गर्दा विभिन्न शक्ति पीठहरुमा बली दिने प्रचलन छ । देवी महागौरीको पूजाविधि विभिन्न समुदाय अनुसार फरक फरक हुने गर्दछ ।

आजको दिन महागौरीलाई बली दिने गरिन्छ । आजको दिनदेखी घर घरमा दशैंको रौनक बढेको छ ।

यसैबिच सल्यानको प्रसिद्ध धार्मिक स्थल खैराबाङ भगवतिको मन्दिरमा बिहानैदेखि भिडभाड बढेको छ ।

गतवर्ष कोरोनाका कारण सुनसान मन्दिरमा आज दर्शनार्थीहरुको भिड लागेको छ । खैराबाङ मन्दिरमा गतवर्ष कोरोना महामारीका सांकेतिक रुपमा पुजा गरिएको थियो ।

मन्दिरमा घटस्थापना देखि दशमीसम्म विशेष पुजापाठ तथा बलि दिने गरिन्छ ।

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस