दाङमा आज १० जनामा कोरोना हुँदा १२ जना निको


दाङ । दाङमा आज १० जनामा कोरोना हुँदा १२ जना निको भएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराहीका ७, तुलसीपुरका २ र राप्तीका १ जनारहेको जिल्ला आपतकालीन कार्य सञ्चालन दाङले जनाएको छ । यसैबिच आज थप १२ जना कोरोना मुक्त भएका छन् । निको हुनेमा राप्ती ९जना, तुलसीपुर, शान्तिनगर र दंगीशरणका १/१ रहेका छन् ।

दाङमा अहिले कोरोनाका सकृय बिरामीको संख्या ६६ रहेको छ । ति मध्य ५१ जना घरमा र आईसियूमा ७ जना र सामान्यमा ८ रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

बैशाख यता दाङमा कुल ९ हजार १ सय ५९ जना संक्रमित भएका छन् भने ८ हजार ८ सय ७७ जना निको भएका छन् । दाङमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस