रोल्पामा जिप दुर्घटनामा परी एक जनाको मृत्यु

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी रोल्पा नगरपालिका १ खेवासेका २० वर्षीय चालक गोर्बधन घर्तीको मृत्यु भएको हो ।

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार रोल्पा नगरपालिका १ सल्लीबोटका २३ वर्षीय सहचालक नबिन पुन गम्भीर घाइते भएका छन् । उनलाई रोल्पा अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

रोल्पा नगरपालिका १ सल्लीबोटबाट ववा खोला जाँदै गरेको लु१च ९४९३ नम्बरको बोलेरो जिप छेरा पोखरा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

जिप सडकबाट करिब ३० मिटर तल खसेको छ । स्थानीयका अनुसार प्रहरी र स्थानीयको सहयोगमा घटना स्थलमा उद्यार गरिएको थियो ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस