स्यालापानीमा गिद्ध हेर्न जर्मनबाट आए एक दम्पती

बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित स्यालापानीमा रहेको गिद्ध रेष्टुरेण्टमा गिद्ध हेर्न जर्मनबाट एक दम्पत्ति आएका छन् । शनिबार बिहान गिद्धको अवलोकन गर्न भनेर चरा पर्यटक जर्मनका टोस्टन र कास्ट्रिन स्यालापानीमा आएका हुन् ।

Ko

उनीहरुलाई चितवनका टुरिस्ट गाईड यम महतोले यहाँ लिएर आएका हुन् । गिद्धहरुको प्रजातीको संरक्षणका साथै रेष्टुरेन्टको राम्रो ब्यवस्थापन गर्न सक्ने हो भने तेस्रो मुलुकका पर्यटक तान्न सकिने पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले बताए ।

तुलसीपुरको स्यालापानी जर्मनी दम्पत्तिहरुको साथमा गिद्ध रेष्टुरेण्ट अवलोकन गर्न पर्यावरणीय दिगो विकास अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावत, पत्रकार राकेश बस्नेत, सामाजिक परिचालक क्षितिज रावतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस