राष्ट्रिय उद्योग ब्यापार संगठन तुलसीपुरको कार्यालय स्थापना


तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले तुलसीपुर कार्यालय स्थापना गरेको छ ।

शनिबार तुलसीपुर ९ दोघरेमा कार्यालय स्थापना गरेको अध्यक्ष घनश्याम डाँगीले बताए । पार्टीका नगर अध्यक्ष खुसीराम चौधरी, संगठनका केन्द्रीय सदस्य यज्ञबहादुर केसीलगायतको सहभागितामा कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापना भएपछि आफूहरुलाई निकै सहज भएको अध्यक्ष डाँगीले बताए ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस