दाङमा चाडपर्वको समयमा मासुको मुल्य वृद्धि नहुने

दाङ । दाङमा चाडपर्वको समयमा बढी खपत हुने मासुको मुल्य वृद्धि नहुने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा मासु व्यवसायी तथा घोराही उपमहनगरपालिका उपभोक्ता हित शाखा प्रमुख सहितको छलफलले चाडपर्वमा मासुको मुल्य वृद्धि नगर्ने निणर्य गरेको हो ।

चाडपर्वमा पनि अहिलेको मुल्यमा नै उपभोक्ताहरुले पाउने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिए । यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघले चाडपर्वको समयमा कृतिम अभाव र वस्तु तथा सेवाको मुल्य वृद्धि नगरी चाडपर्वमा छुट प्रदान गर्न आग्रह गरेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकी र महासचिव महेन्द्र वुढाथोकीले विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेका हुन् । विज्ञाप्तीमा व्यवसायीहरुलाई अनिवार्य मुल्य सुचि बिक्री स्थलमा राख्न, व्यवसाय सञ्चालन गर्दा आवस्यक पर्ने कागजात समेत चुस्त दुरुस्त राख्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस