कपिलवस्तुमा ८१ जनाले गरे रक्तदान

चन्द्रौटा । कपिलवस्तुको चन्द्रौटामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा भएको रक्तदान कार्यक्रममा ८१ प्वाइन्ट रगत संकलन भएको छ ।

कोरोना र अन्य रोगका कारण रगतको अभाव भएको समयमा क्लवको कदम प्रशंसनीय रहेको शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताइन् ।

उनले आउँदो दिनमा समेत यस्ता सामाजिक क्षेत्रका काम गर्न सबैलाई आग्रह समेत गरिन् । साथै उनले छिमेकि पालिका कृष्ण नगरमा झाडापखालाको महामारी फैलिएको भन्दै सबैलाई सचेत रहन आग्रह समेत गरिन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले रगतको अभाव र कोही कसैलाई रगत अभाव नहोस् भन्दै रक्तदान कार्यक्रमको आयोजना गरेको क्लव अध्यक्ष शिशिर पोख्रेलले बताए ।

रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजना, रक्त संचार केन्द्र भैरहवाको प्राविधिक सहयोग, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाको सहआयोजनामा भएको ब्लड डोनेसन कार्यक्रममा उल्लेखनीय रक्तदाताको सहभागिता रहेको रोट्रयाक्ट क्लब अफ कपिलवस्तुका संयोजक गोपाल बन्जाडेले बताए ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस