तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई जिल्ला प्रशासन कार्यालय दाङले थप अधिकार प्रदान गरेको छ ।
यसअघि कर्मचारीको तलब खुवाउनकालागि कोषाध्यक्ष सिताराम शर्मा र लेखा प्रमुखलाई जिम्मा प्रदान गरेको थियो । तलब खुवाएको लेखाजोखा राख्न भनि उनीहरुलाई अधिकार प्रदान गरिएको हो ।
त्यसको केही दिन पछि मंगलबार थप अधिकार प्रदान गरेको छ । दैनिक पानीको महसुल वापत संकलन हुने रकमबाट अतिआबश्यक काम सञ्चालन गर्ने गरि अख्तियारी प्रदान गरेको हो । नियमित पानी वितरणकोलागि आबश्यक पर्ने विजुली, टेलिफोन र ईन्धनलगायतका अत्यावश्यक कार्यको अख्तियारी प्रदान गरेको हो ।
अख्तियारी प्रदान गरेपछि आफूहरुलाई निकै सहज हुने कोषाध्यक्ष सिताराम शर्माले बताए ।
यसले दैनिक कार्यका लागि सहज हुने उनको विश्वास छ । खानेपानीलाई चलायमान बनाउनकालागि जिल्ला प्रशासनले सहज बनाएको सदस्य रञ्जनकुमार गौतमले बताए ।