दाङ । आज दाङमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर परिक्षण गर्दा १० जना महिला र ८ जना पुुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित हुनेहरुमा घोराहीका ७ जना, तुुलसीपुुरका ६ जना, लमही र गढवाका दुुई दुुई जना र एक जना जिल्ला बाहिरका रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैबिच आइतबार घोराही र तुुलसीपुरका एक एक जना गरी दुुई जना कोरोना मुुक्त भएका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ६६ जना रहेको छ । ति मध्य ५७ जना घरमा, ६ जना आईसीयूमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेका छन् ।
बैशाख यता दाङमा ९ हजार १ सय २१ जनामा कोरोना संक्रमण भएको छ भने ८ हजार ८ सय ३९ जना निको भएका छन् । यसैबीच रोल्पा घर भएका एक जना कोरोना संक्रमितको दाङमा मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत रोल्पा गंगादेव गाउँपालिका १ का ३० वर्षिया महिलाको मृत्यु भएको हो ।
गत विहीबारबाट अस्पतालको आईसियू कक्षमा उपचाररत महिलाको आइतबार मध्यान्न १२ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । मृतक महिलामा कोरोनासँगै निमोनिया र स्वासप्रस्वास सम्बन्धि समस्या रहेको थियो ।