चन्द्रौटा । कोरोना महामारीका कारण बन्द रहेका कपिलवस्तुका नेपाल–भारत सीमानाका खुला गरिएको छ ।
कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब दुई वर्षदेखि सीमानाका बन्द भएका थिए । नेपाल सरकारले निर्णय अनुसार भारतसँग सीमा जोडिएका कपिलवस्तुका नाका खुला गर्ने निर्णय गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिनुभयो ।
नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी सङ्क्रमणदर केही घटेको मौका छोपी नेपाल सरकारले सीमानाका खोल्ने निर्णय गरेको हो । लामो समय सम्म नाका नखुल्दा नेपालमा पर्यटक समेत आउन नसकेको स्थानिय संचारकर्मी मनिस गुप्ताले बताउनुभयो ।
नाका खुलेपछि आवतजावत गर्ने सख्या बढेको गुप्ताले बताउनुभयो । सरकारले स्थलमार्गबाट आवागमन गर्न आवागमन गर्नु ७२ घण्टा पहिला कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने, लक्ष्यण भएको खण्डमा एन्टिजेन परिक्षण हुने लगाएतका नियम राखिएको छ ।
खुला गरिएका नाकामा हेल्थ डेस्क स्थापना रहेको छन् । सरकारको तोकेको मापदण्ड पुरा गरि आवजावत गर्न सकिने प्रजिअ पाण्डेले बताउनुभयो ।
यस अघि मालवाहक सवारी तथा नागरिक आवाजावत खुला रहेपनि निजि सवारी आवागमन बन्द रहेको थियो ।