घटस्थापनाको साइत बिहान ११ः४६ बजे

काठमाडौं । गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १०ः२ बजे छ ।

फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४४ बजे रहेको छ ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस