‘मानव अधिकार रक्षकको सवालमा प्रदेश सरकारले प्रथामिकता दिन्छौ’

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ लोकतन्त्रलाई दिगो र स्थायित्व दिनुपर्ने भएकोले मानव अधिकार रक्षकहरुको सवालमा मानव अधिकार रक्षक मैत्री राज्य निर्माण गर्न लुम्बिनी सरकारको पहिलो प्रामिकता भएको बताएका छन् ।

इन्सेक लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा बुटवलमा यस्तो बताएका हुन् । उनले मानव अधिकारको विषय अन्तर्राष्ट्रियरुपमा नै महत्पूर्ण विषय भएको बताउँदै संघीय सरकारले मानव अधिकार रक्षकहरुको विधेयक जारी लुम्बिनी प्रदेशबाट सहयोग गर्ने प्रतिविद्धता व्यक्त गरे ।

उनले मानव अधिकारको क्षेत्रमा संघीय सरकारले नै विधेयक निर्माण गर्ने भएकाले त्यसका भूमिका खेल्न अपिल समेत गरे । साथै मानव अधिकारकै कुरा निरन्तर बोलि रहने संस्था तथा निकायका लागि मानव अधिकार रक्षक मैत्री कानून बन्न आवश्यक रहेकोले त्यसतर्फ लाग्नुपर्ने बताए ।

त्यस्तै मुख्यमन्त्री केसीले सरोकारवालाहरुले रचनात्मक सहयोग र सहकार्य गरी केन्द्रीय सरोकारवालका निकायले संघीय सदनसँग छलफल गर्न आवश्यक रहेको बताए । लुम्बिनी प्रदेशलाई मावन अधिकारको प्रत्याभूति गराउनको लागि निरन्तर लागेको बताए ।

सो कार्यक्रममा मुख्यमन्त्री कार्यालयका मुख्य न्यायधिबक्ता कृष्ण सुवेदीले मानव अधिकार रक्षकहरुको भूमिका विगतका विभिन्न आन्दोलनमादेखि वर्तमानसम्म पनि महत्पूर्ण भएको बताउँदै मानव अधिकार रक्षकहरुको रक्षा एवं प्रवद्र्धनका लागि कानून तथा विधेयक निर्माण गर्नुपर्ने बताए ।

उनले राज्यले मानव अधिकार रक्षकहरुको लागि कानून निर्माण गरी राज्यले सम्वोधन गर्नुपर्ने बताउँदै राज्यले नै सम्बोधन गर्नुपर्ने बताए । यसलाई सहजीकरणका लागि मुख्य न्यायधिबक्ताको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य, मानव अधिकारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकाय एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस