
चन्द्रौटा । कपिलवस्तुबाट अवैध रुपमा भारत लैजान लागेको केराउ प्रहरीले पक्राउ गरेको छ । जिल्लाकोे कृष्णनगर नाका हुँदै अवैध रुपमा भारत लैजान लागेको २२.५ टन केराउ (मटर) प्रहरीले बरामद गरेको जनाएको छ ।
गएराती पौने १० बजे ६ ओटा भारतीय मालवाहक ट्रकमा अन्दाजी ३३ लाख बरावरको केराउ प्रहरीले बरामद गरेको छ । प्रहरीले यु.पि. ३५ टि २४५३, यु.पि. ५३ टि ३६३८, यु.पि. ७१ टि११४८, यु.पि. ५५ टि १२५४, यु.पि. ५५ टि ०९६६, यु.पि. ७८ए टि ८८२५ नम्बरका ट्रक पक्राउ गरेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगर र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले नगरपालिकाको वडा नं. १ दृष्टान्त पेट्रोल पम्प अगाडि र वडा नं. २ गल्लामन्डीदेखि अवैध केराउ सहितको ट्रक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।
भण्डारीकाअनुसार नेपालमा सामाग्री ढुवानी पछि खाली जानु पर्ने भए पनि निर्यात प्रतिबन्ध लागेको मटर लुकाएर लैजान लागेको अवस्थामा फेला पारेको बताए । पक्राउ गरेका ट्रक र केराउ राजस्व अनुसन्धान कार्यालय बुटवल लैजाने तयारी भइरहेको भण्डारीले बताए ।