तुलसीपुरमा ५० जना छोरीलाई साईकल वितरण

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले विश्व शान्ति दिवसको अवसरमा छोरीहरुलाई ५० वटा साईकल वितरण गरेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो ।

साइकल वितरण कार्यक्रममा यूएन डिपीका नेपाल प्रतिनिधी आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्यनरत छात्रा शर्मीला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्यनरत सरीता पुनलाई साईकल हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो । त्यस अवसरमा ५० जना छोरीले साइकल वितरण गरिएको छ ।

कार्यक्रममा यूएनडिपी प्रतिनिधी लाबेले साईकल वितरणले छोरीलाई समयमै स्कुलसम्म पुर्याउनका लागि सहयोग पुग्नुका साथै स्वास्थ्यमा पनि सहयोग पुग्ने बताउनुभयो ।

विश्वमा किशोरी अघि बढेका देशहरु मात्रै समृद्धिको बाटोमा अघि बढेको बताउँदै प्रतिनिधी लाबेले सहयोग गर्ने अवसरमा दिएको उपमहानगरपालिकालाई धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई साईकल सिटीका रुपमा विकास गर्ने बताउनुभयो । साईकल सिटीका रुपमा विकास गर्दा आवश्यक पर्ने पुर्वाधार विकासलाई पनि संगसंगै लैजाने उहाँले बताउनुभयो ।

साईककलको माध्यमबाट छोरीलाई शिक्षा र पढाईमा अघि बढाउने बताउँदै विश्वव्यापी रुपमा भएको वातावरण प्रदूर्शनलाई पनि साईकल यात्राले न्युनिकरण मद्धत पुग्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका उप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एनसीएलका रमेश श्रेष्ठ, किशोरीको तर्फबाट सरिता पुन लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस