लामाखोला महिला सामुदायिक वनको साधारणसभा सम्पन्न

सक्राम । लामाखोला महिला सामुदायिक वन उपभोक्ता समूह तुलसीपुर–१९ बाहिरी सक्राम दाङको साधारण सभा शनिबार सम्पन्न भएको छ ।


समूहकी अध्यक्ष फम्फा नेपालीको सभापतित्व तथा १९ नं. वडाका वडासदस्य केशर बहादुर पुन मगरको प्रमुख आतिथ्यता एवं बिजौरी सवडिभिजन वन कार्यालयका फरेस्टर विरजङ वलीको विशिष्ट आतिथ्यमा साधारणसभा कर्यक्रम सम्पन्न भएको हो ।

उक्त साधारण सभामा कौमती खत्री, डङ्क बहादुर वली, राजेन्द्र थापा, लिलाधर केसी, पल बहादुर केसी, चन्द्र बहादुर खड्का, मान बहादुर वली, दल बहादुर महत लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सो सभाले कुमारी खड्काको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा योग कुमारी बुढाथोकी, सचिवमा पिमा बुढाथोकी, सहसचिवमा जिवा बिक, कोषाध्यक्षमा पार्वती पुन मगर र सदस्यहरुमा धनसरी रोकामगर, शुसिला खड्का, खिमा केसी, निर्मला वली, सिता वली, बसन्ती राना मगर, मिना थापामगर, विनी खड्का, सरिता सुनार, भुमा रोकामगर रहेका छन् ।

देवराज वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जन देउराली युवा क्लवका अध्यक्ष भिविसन रोकामगरले गरेका थिए ।

लामाखोला सामुदायिक वनको सरसफाई

लामाखोला महिला सामुदायिक वनको सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वनकी अध्यक्ष कुमारी खड्काको अध्यक्षतामा सरसफाई सम्पन्न भएको हो ।

सो सरसफाई कार्यक्रममा स्थानीयवासी एक सय पचासभन्दा बढीको सहभागिता रहेको थियो ।

उक्त सामुदायिक वनले हरेक वर्ष वन सरसफाई गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस