बाँकेमा दाङका एकसहित दुई जना कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दाङका एकसहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार बाँकेको खजुरा गाउँपालिका–४ की ७५ वर्षीया महिलाको आइतबार राति ७ः२० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी भदौ २८ गते अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना भएको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–७ का ८२ वर्षीय वृद्धको उपचारको क्रममा आइतबार राति ७ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा भदौ १८ गते संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस