लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताहरुका लागि नयाँ नयाँ फिचर ल्याइरहन्छ र त्यसमध्ये हालै थप गरिएको फिचर हो View Once फिचर ।
स्नापच्याटको सिको गर्दै ह्वाट्सएपले ल्याएको उक्त फिचरको सहायताले ह्वाट्सएप प्रयोगकर्ताले यस्तो फोटो, भिडियो वा कुनै मेसेज पठाउन सक्दछन् जुन प्रापकले केवल एकपटक मात्र हेर्न पाउँदछ । अर्थात् एकपटक हेरिसकेपछि उक्त सामाग्री आफै डिलिट हुन्छ ।
एकपटक हेरिसकेपछि आफै डिलिट हुने मेसेज पठाउन मिल्ने ह्वाट्सएपको View Once फिचर कसरी प्रयोग गर्ने त ?
यसका लागि सबैभन्दा पहिले तपाईंले आफ्नो डिभाइसमा ह्वाट्सएपको सबैभन्दा पछिल्लो संस्करण डाउनलोड गरेको हुनुपर्दछ । वा ह्वाट्सएप अपडेट भएको हुनुपर्छ ।
- ह्वाट्सएपमा disappearing मेसेज पठाउनका लागि ह्वाट्सएप खोल्नुहोस् ।
- त्यसपछि त्यो आफूले मेसेज पठाउन चाहेको व्यक्तिको वा ग्रुप च्याट खोल्नुहोस्
- Attach नामक आइकनमा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले तत्कालै फोटो वा भिडियो खिचेर पठाउने भएमा Camera अप्सनमा जानुपर्दछ भने आफ्नो डिभाइसमा रहेका फोटो वा भिडियो पठाउने भएमा Gallery अप्सन छान्नुपर्दछ ।
पठाउने सामग्री छनोट गरिसकेपछि प्रिभ्यू स्क्रिनमा तपाईंले टेक्स्टबार मा १ को आइकन देख्न सक्नुहुन्छ । सोही आइकनमा ट्याप गर्नुहोस् र Send थिच्नुहोस् ।
आफूले पठाएको मेसेज प्रापकले प्राप्त गरेर हेरिसकेपछि तपाईंले Openedभन्ने संकेत प्राप्त गर्नुहुनेछ ।
एकपटक मात्रै हेर्न मिल्ने मेसेज कसरी खोल्ने र ?
जब तपाईंको ह्वाट्सएपको च्याट बक्समा यस्तो आफैं हराउने मेसेज दुईपटक खोल्न र हेर्न सकिँदैन । त्यसले त्यसका लागि:
- आफूलाई प्राप्त भएको १ आइकनसहितको मेसेजमा ट्याप गर्नुहोस्
- त्यसपछि सो मेसेजमा भएको फाइल (भिडियो वा फोटो) खुल्दछ ।
- हेरिसकेपछि Black अप्सनमा ट्याप गर्नुहोस् । यसो गरिसकेपछि अब तपाईले दोश्रो पटक सो मेसेज हेर्न र खोल्न सक्नुहुन्छ । साथै उक्त मेसेज फाइल फोनमा सेभ पनि हुँदैन ।
यद्यपि आफूले प्राप्त गरेको disappearing मेसेज सुरक्षित राख्न चाहनेले स्क्रिनसट वा स्क्रिन रेकर्ड गरेर राख्न भने सक्छ ।