शाखा अधिकृतको नतिजा प्रकाशित नगरेकोमा विरोध प्रदर्शन

काठमाडौं । लोक सेवा आयोगले शाखाअधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि नतिजा प्रकाशन गर्न ढिलाइ गरेको परीक्षार्थीहरु विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा परीक्षार्थीहरुले प्रदर्शन गरेका हुन् ।

आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर नतिजा सार्वजनिक भएको छैन ।

नतिजाको प्रतीक्षामा रहेका परीक्षार्थीहरुले ‘परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने ?’ ‘लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो ?’ ‘बन्द खामभित्रको हाम्रो भविष्य खुला गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन्

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस