अबैध ४ हजार २ सय कुखुराका चल्ला नष्ट

कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर बाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेका ४ हजार २ सय कुखुराकाे चल्ला पक्राऊ गरि नष्ट गरेकाे छ ।

कृष्णनगर नगरपालिका १ डुमइबाट बाेइलर कुखुराकाे चल्ला पक्राऊ गरि नष्ट गरेकाे प्रहरीले जनाएको छ ।


भारत बाट नेपाल प्रवेश गराउन खोज्दा कुखुराकाे चल्ला पक्राऊ गरिएकाे ईप्रका कृष्णनगर र बिओपी कृष्णनगरको टोलिले पक्राउ गरेको हो ।

नेपालमा प्रतिबन्ध रहेकाे चल्ला चाेरी बाटाे प्रयाेग गरि ल्याई रहेकाे सुचनाकाे आधारमा पक्राऊ गरिएकाे ईप्रक कृष्णनगर प्रहरी निरिक्षक सुकदेव पाैडेलले बताए । पक्राऊ परेकाे चल्ला करिव ४ लाख २० हजार बराबर रहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस