सुजताको ‘अधुरो सपना’ कृति लोकार्पण

तुलसीपुर ।

स्रष्टा सुजता सिंहको ‘अघुरो सपना’ आत्मकथा कृति एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ ।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको आयोजनामा शनिबार तुलसीपुरमा कृति लोकार्पण गरिएको हो । राप्ती साहित्य परिषद दाङका अध्यक्ष दिपक शर्मा समिरको अध्यक्षता एवं साहित्यकार, कवि, समालोचक डा. अमर गिरीको प्रमुख अतिथ्यता तथा बरिष्ठ गजलकार घनश्याम परिश्रमीको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा उक्त कृतिको समीक्षा पत्रकार किशोर चन्द गौतमले गरेका हुन् ।

कार्यक्रममा साहित्यकार कवि एवं समालोचक डा. अमर गिरी, घनश्याम परिश्रमी लगायतकाले शुभकामना ब्यक्त गरेका थिए ।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङकी सदस्य बिमला डागी ‘बिकलता’ को स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा साहित्यकार लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद दाङका सल्लाहकार डा. लोकराज पराजुली, कमलमणि देबकोटा, प्रबल बिष्ट, खगेश्वर भण्डारी, डिल्ली बस्नेत सङ्गीत, बिक्रम वली, मनोज थापा मगरलगायतको उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रमको सहजीकरण गितकार प्रकाश केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस