टी–२० को कप्तानी छाड्ने कोहलीको घोषणा

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–ट्वान्टी टिमको कप्तानी छाड्ने घोषणा गरेका छन् । विराटले टी–ट्वान्टी विश्वकपपछि आफू राष्ट्रिय टोलीको लागि टी–ट्वान्टी क्रिकेटमा कप्तानी नगर्ने बताएका छन् ।

कोहलीले विहीबार सामाजिक सञ्जाल मार्फत टि–२० विश्वकप पछि कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

कोहलीले टेस्ट र ओडिआईमा मात्र टोलीको कप्तानी गर्ने छन् । उनी २०१४ देखि टेस्टमा कप्तानी गर्दै आएका छन् ।

यसपछि टी–ट्वान्टीको कप्तानी भने रोहित शर्माले गर्नेछन् । मुम्बई इन्डियन्सका कप्तान रहेका रोहित शर्माले आफ्नो कप्तानीमा पाँच उपाधि दिलाइसकेका छन् ।

लामो समयदेखि रोहित भारतको टि–२० कप्तान बन्नुपर्ने माग उठ्दै आएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस