काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ‘साओमीले ११ टी’ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । यसअन्तर्गत ‘साओमी ११ टी प्रो’ मा १२० वाटको हाइपरचार्ज फास्ट चार्जिङ सिस्टम रहेको छ ।
यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । जुन १७ मिनेटमै फुल चार्ज हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार १० मिनेटको चार्जमा ७२ प्रतिशत चार्ज हुनेछ । यसअघि साओमीले सार्वजनिक गरेको ‘मि १० अल्ट्रा’ भन्दा यो अझ फास्ट भएको कम्पनीले जनाएको छ ।
मोबाइल राख्ने बक्सका साथै स्मार्टफोनको पछाडिको भाग प्लास्टिकले बनेको छ । त्योभन्दा बाहेक अन्य फिचर भने समान रहेका छन् ।
स्न्यापड्रागन ८८८ प्रोसेसर रहेको फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा साओमी ११ टी प्रोको मूल्य ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको ७६८ डलर (९० हजार रूपैयाँको हारहारीमा) र १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेजको मूल्य ८८६ डलर (एक लाख चार हजार रूपैयाँको हारहारीमा) निर्धारण गरिएको छ ।