कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थगित गरिएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको हो।

परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । विहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा असोज ८ गतेसम्म रहेको छ।

परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ। सरकारले १८ वर्ष पुगेका कक्षा १२ का विद्यार्थीलाई खोप लगाएको छ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस